रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ३ खदी क्षेत्र नेपाली कम्युनिस्ट पार्टीको प्रभाव क्षेत्रका रूपमा चिनिँदै आएको थियो। “लाल किल्ला” भनेर परिचित यस वडामा हाल प्रगतिशील लोकतान्त्रिक पार्टीले संगठन विस्तार गर्दै सक्रियता बढाएको छ।

स्थानीय स्रोतका अनुसार वडा अध्यक्ष केशरमान बी.क.को दोस्रो कार्यकाल समाप्त हुन लाग्दा पनि वडावासीले अपेक्षित शान्ति, विकास र सुशासनको अनुभूति गर्न नपाएको गुनासो बढ्दै गएको छ। आधारभूत विकास, सेवा सुविधा र जनताको दैनिक समस्यामा प्रभावकारी काम हुन नसकेको भन्दै स्थानीय जनतामा असन्तोष देखिएका छन्।

यही असन्तोषको बीच प्रगतिशील लोकतान्त्रिक पार्टीले खदी क्षेत्रमा जनसम्पर्क, संगठन निर्माण र राजनीतिक गतिविधि तीव्र बनाएको छ। स्थानीय सहभागितासहित आयोजित भेलाहरूमा जनताले परिवर्तन, जवाफदेहिता र शान्तिपूर्ण वातावरणको माग राख्दै आएका छन्।

राजनीतिक गतिविधि बढेसँगै खादी क्षेत्रमा आगामी दिनमा राजनीतिक समीकरण र जनमतमा परिवर्तन आउने संकेत देखिएको स्थानीय विश्लेषकहरूको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय