रुकुम पश्चिम, आठबिसकोट — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि दुईतिहाई बहुमत प्राप्त सरकारद्वारा गरिएको राजनीतिक प्रतिशोधको विरोधमा रुकुम पश्चिमको राडी बजारमा हस्ताक्षर संकलन अभियान तीव्र रूपमा सञ्चालन भइरहेको छ।

स्थानीय युवाहरू, नेताहरू र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा सहभागीहरूले रवि लामिछानेप्रति ऐक्यबद्धता जनाउँदै हस्ताक्षर गरेका छन्। कार्यक्रममा pamphlet र प्रचार सामग्री समेत वितरण गरिएको थियो।

यस अभियानले आम नागरिकमा स्वतन्त्रताको पक्षमा आवाज उठाउने र राजनीतिक प्रतिशोधविरुद्ध ऐक्यबद्धता जनाउने माध्यम बनेको सहभागीहरू बताउँछन्।

कार्यक्रममा सहभागी एक स्थानीय युवा भन्छन्, “रवि दाईमाथिको अन्यायपूर्ण व्यवहारको विरोधस्वरूप हामी सडकमा उत्रेका हौं। सत्यका पक्षमा जनताको साथ सधैं रहनेछ।”








