सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र विकास सल्लाहकारमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको छ।

बिहीबर बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी शुब्बा गुरुङले जानकारी दिए।

‘प्रधानमन्त्री ज्युको मुख्य राजनीतिक सल्लाहकारमा विष्णु प्रसाद रिमाल र विकास सल्लाहकारका रुपमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई नियुक्त गर्ने निर्णय भएको छ,’ उनले भने।

एमालेका उपमहासचिवसमेत रहेका रिमाल यसअघि पनि ‌ओली प्रधानमन्त्री हुँदा राजीनितक सल्लाहकार नै थिए। रिमालले ओली प्रधानमन्त्री हुँदा र नहुँदा पनि सबै राजनीतिक र प्राविधिक कामहरूको व्यवस्थापन गर्दै आएका छन्।

खतिवडा ओलीको यसअघिको कार्यकालमा अर्थमन्त्री थिए। अर्थमन्त्रीबाट हटेपछि उनी अमेरिकाका लागि राजदूत नियुक्त भएका थिए। खतिवडा पूर्व गभर्नर एवं राष्ट्रिय योजना आयोगको पूर्वउपाध्यक्ष समेत भइसकेका व्यक्ति हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय