रुकुम पश्सिम ,यो वर्ष मनसुनमा औसतदेखि अधिक वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केहिदिन यता निरन्तर वर्षा भईरहेको त्यस बाट बिभिन्न ठाउँमा मानवीय क्षति सँगै दर्जनौँ घरहरुमा क्षति पुर्याएको अवस्था छ !

हाम्रो आठबिसकोट नगरपालिकामा पनि केहि अस्थायी आवास पहिरोले बगाएको छ कयौ अस्थायी आवास र बिधालयहरु उच्च जोखिममा छ्न जसका कारण नागरिकहरु बसिरहेका अस्थायी आवास छोडेर यस्तो वर्खामा खुल्ला आकाश बस्नुपर्ने अवस्था छ ! भुकुम्पले धाजा फाटेका बस्तिहरु , भेरी नदी किनारा तथा बिभिन्न खोला किनारमा रहेका बस्तिहरु, फाल्गुन देखि जेठ सम्म आगलागि भएका ठाउहरु अति जोखिम ठाउहरु हुन सक्छ्न ।

सबै नगरबासिले सतर्कता र सावधानी अपनाऔं। प्रारम्भिक अध्ययन अनुसार वडा न. १४ का बाके डाडा, गाउबारि, कोटडाडा, छेपारेको माथिल्लो तरा, बाके ज्युला, पिपलचौर लगायतका ठाउहरु वडा न. १३ का कुरिधारा , गरेना , पदेल्पाटा, भल्मा, पाखा भल्मा, सोता, हम्पा लगायतका ठाउहरु वडा न.१२ का सार्किवारा, जालछरा, बल्ले, रोटे, स्यानिवार्खु, बाके चौर लगायतका ठाउहरु वडा न. ११ का सिमपाखा, रुझिगाउ, डाडागाउ, फारुला, धुर्सेनि, सातखेत, मग्रा, सिमच्युरा, चिसापानी , सिमबजार लगायतका ठाउहरु वडा न. १० का पेदा, दमार, कौछे, च्यारिगाउ, घारिखोला तल्लो छेउ लगायत का ठाउहरु , वडा न. ९ का सातपाखा, खारेखोला, कालिमाटि, पर्सिना गिजा हर्दिगाउको माथिल्लो भाग , राडि , बगर लगायतका ठाउहरु, वडा न. ८ का गाइसिङ पानी, काफलडाडा, काडाचौर, चुर्तिपाखा, स्याला किमचौर, सर्केला लगायतका ठाउहरु, वडा न. ७ गारा, खारखारा, सिम्तारा, ढुङिला लगायतका ठाउहरु, वडा न. ६ का त्रिवेणी , मन्काबगर, दामाचौर, सल्लेतरा, ढारथला लगायतका ठाउ हरु वडा न. ५ का जागे जलिगार, मगाखोला, लगायतका बस्तिहरु, वडा न. ४ डाव, बुराखोला, छरेबगर लगायतका ठाउहरु, वडा न. ३ का दाङ, सुल्किवाङ लगायत्का ठाउहरु वडा न. २ का साझेबगर, राम्का, तलिकाडा, पारिखोरिया, लगायतका ठाउहरु वडा न. १ का खेत, बारङे, पातुकुना, फिलिङि, डाडागाउ, लगायतका ठाउहरु जोखिम रहेका छ्न ।

करिव ७५ वटा स्थानका १५५७ घर धुरि हरु बढि प्रभावित हुने प्रारम्भिक अनुमान छ ! तपसिल कुराहरु लगायत बिपत सग सम्बन्धीत सुचनाहरुमा ध्यान दिऔ !  १) सडक / बाटो तथा घासपात जाने पाखाहरुमा पहिरोको सम्भावना बढी हुने भएकोले घास पात जादा तथा यात्रा गर्दा ध्यान दिऔँ । सडक तथा बाटोको अवस्था हेरेर मात्र यात्रा तय गरौँ                                        २. आफ्नो बस्तिहरुमा सामान्य अवस्था भन्दा फरक हिसाबले रुख हरु वा बिजुलिका पोल हरु लत्किएका छ्न भने पहिरोको जोखिम हुन सक्छ सचेत रहौ !

३. बस्ती नजिकै बाट बगिरहेका नदि तथा खोलाहरुमा पानी वहाव अत्याधिक बढेको भए उक्त ठाउ छोडि सुरक्षित ठाउमा जाऔ !

४. भुकुम्पको कारण धेरै ठाउको जमिन भासिएकोले आफ्नो ठाउँमा रहेका सुकिसकेका मुलहरुमा एक्कासी पानी आउन थाल्यो वा चालू रहेका मुलहरुमा पानी सुक्न थाल्यो भने जमिन हलचलको सङ्केत हुन सक्छ !

५. आपत आइलागे सुरक्षित ठाउमा रहेका नजिकका बिधालय हरु तथा सार्वजनिक स्थल एवम् भवन हरुमा जाऔ !

६. सम्भावित मनसुनजन्य बिपत जोखिम न्युनिकरण गर्न सबै सचेतता पुर्वक हातेमालो गरौ ! आत्तिने भन्दा बढि सचेत रहौ ! आफू पनि सुरक्षित रहौँ, बिषेसगरि बालबालिकाहरु जेस्ठ नागरिक हरु, अपाङता भएका ब्यक्तिहरु अरूलाई पनि सुरक्षित गरौ ! हाम्रो ध्यान पुर्व तयारी र जोखिम न्युनिकरणमा केन्दित हुन जरुरि छ !

यदि कुनै किसिमको विपद्जन्य घटना घटेमा वा जानकारि भएमा तपसिलका नम्बरमा सम्पर्क गराउनुहुन आम नगरवासीहरूमा अनुरोध गरिन्छ ।

नगर प्रमुख – 9851120805

नगर उप प्रमुख -9843602687

नि प्रमुख प्रशासकीय अधिकृत – 9843258271 / 9857872100

बिपत समिति सयोजक – 9848324413

नेपाल प्रहरी – 9851281052 / 9848185291

नगर प्रहरी – 9868615272 / 9868633370

आपतकालिन शाखा – 9764278845 / 9764278846

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय