राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हाल रुपन्देहीको भैरहवा कारागारमा थुनामा छन्। जेलभित्र रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आम जनसमुदायसँग स्वेच्छिक सहयोगको अपिल गरेका विषयमा केही मिडियाहरूले “अबैधानिक चन्दा आतंक” भनेर भ्रामक प्रचार गरेका छन्। तर वास्तविकता भने नागरिकहरूको स्वतन्त्र इच्छाबाट गरिएको सहयोग हो, जसलाई अबैधानिक भन्नु गम्भीर भ्रम सिर्जना गर्नु हो।

सार्वजनिक रूपमा सहयोगको अनुरोध गरिँदा, नागरिकहरूले कुनै दबाब वा बाध्यता बिना रकम प्रदान गरेका छन्। यस्तो खुला, पारदर्शी र स्वेच्छिक आधारमा संकलित सहयोगलाई नेपालको कानुनले प्रतिबन्ध गर्दैन। त्यसमाथि, कुनै पनि सरकारी निकाय वा प्रहरी प्रशासनले यस विषयमा अहिलेसम्म कुनै आपत्ति जनाएका छैनन्, जसले यो प्रक्रिया कानुनसम्मत भएको पुष्टि गर्छ।

प्रहरी प्रशासन मौन छ भन्ने आरोप पनि तथ्यहीन र अतिरञ्जित हो। जनताको स्वतन्त्र निर्णय र लोकतान्त्रिक अधिकारलाई कुण्ठित गर्न नियोजित रूपमा फैलाइएका यस्ता प्रचारप्रति सबै सचेत रहनु आवश्यक छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय