रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच भएको केन्द्रीय सहमति अनुसार आज संयुक्त बैठक सम्पन्न भएको छ।

बैठकले दिनेश चन्दको संयोजकत्वमा ३३३ सदस्यीय संयुक्त चुनाव परिचालन समिति गठन गरेको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठन सुदृढीकरण, संयुक्त चुनावी रणनीति निर्माण तथा प्रभावकारी परिचालन गर्ने उद्देश्यका साथ समिति गठन गरिएको हो।

बैठकमा दुवै पार्टीका नगर तथा वडा तहका नेतृत्वको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी नेताहरूले केन्द्रको सहमति अनुसार स्थानीय तहमा एकताबद्ध रूपमा अघि बढ्ने प्रतिबद्धता जनाउँदै निर्वाचनमा संयुक्त रूपमा बलियो उपस्थिति जनाउने धारणा राखेका थिए।

समितिले आगामी दिनमा घरदैलो अभियान, जनसम्पर्क कार्यक्रम, प्रशिक्षण तथा प्रचार–प्रसारका गतिविधिहरू तीव्र रूपमा अघि बढाउने निर्णयसमेत गरेको छ।

संयुक्त समितिको गठनसँगै आठबिसकोट नगरपालिकामा एमाले–प्रलोपा बीचको सहकार्य थप मजबुत बनेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय